माई नगरपालिका अन्धकार

Image result for अन्धकार

नयाँ बुलन्द

इलाम : दक्षिणि इलामको माई नगरपालिकामा विद्युत आपूर्ती ठप्प भएको छ ।

मंगलबार राति वर्षासँगै आएको हावाहुरीले ढलेको रुखले लागेर विद्युतको तारमा लाग्दा तार चुटिएपछि सिंगो नगरपालिका नै अन्धकार बनेको छ ।

माई नगरपालिका–९ चिसापानीस्थित सोमबारेमा हावाहुरीले रुख ढालेको थियो । यस्तै रुख ढलेपछि दानाबारी–चिसापानी सडक खण्ड समेत अवरुद्ध भएको छ । सडके अवरुद्ध बनेपछि यातायात अवरुद्ध भएको छ ।

सो सडक खण्ड भएर इलाम सदरमुकाममा दैनिक ६÷७ वटा यात्रुबाहक ट्याक्सी सञ्चालन हुँदै आएको छ । यसैक्रममा सो नगरपालिकामा चाँडो विद्युत सुचारु गर्न अहिले मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण इलाम शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार