ताप्लेजुङ सेमिफाईनलमा प्रवेश

ताप्लेजुङ : ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको मंगलवारको खेलमा ताप्लेजुङले घरेलु मैदानको फाईदा उठाएको छ । घरेलु टोलि नव प्रयास क्लव ताप्लेजुङले पाहुना टोलि पथरि स्र्पोटिङ क्लव पथरिलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको हो ।

सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा मंगलबारको खेल निकै नै प्रतिस्पर्धात्मक रहेको थियो । राष्ट्रिय स्तरका खेलाडिलाई मैदानमा उतारेको पथरिले ताप्लेजुङलाई पहिलो हाफमा निकै दवावमा राखेको थियो ।  पहिलो हाफमा दुवै तर्फवाट कुनै पनि गोल हुन सकेको थिएन ।

दोस्रो हाफमा भने ताप्लेजुङ आफ्नो खेलको लयमा फर्केको थियो । ताप्लेजुङलाई जित दिलाउने क्रममा नव प्रयासका जर्सि नं ६ का रमेश लिम्बूले पेनाल्टीबाट गोल गरेका थिए भने जर्सि नं ११ का निराजन गुरुङले गरको दास्रो गोल नै ताप्लेजुङलाई  सेमिफाईनलमा पु¥याउन निर्णायक बनेको थियो ।

यसैबिच मंगलबार भएको खेलको म्यान अफ दि म्याच पनि ताप्लेजुङका खेल क्याप्टेन रमेश लिम्बू भएका छन् । नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ । आगामि ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ ।

यसैबिच भोली साविकको विजेता गोर्खा स्र्पोटिङ क्लव दमक र सशस्त्र प्रहरी फुटबल टिम दमक मैदानमा उत्रने भएका छन् । शसस्त्र प्रहरीको टिम भने ताप्लेजुङको कर्णसिंह सोनाम क्लवलाई ट्राईवेकरमा ३–१ गोल अन्तरले पराजित गरेर आएको हो भने गोर्खा सिधै वाई पाएर आफ्नो पहिलो खेल प्रर्दशन गर्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार