नयाँ बुलन्द
झापा : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रीय जनता पार्टी (राजपा) लाई चुनावमा ल्याउन सरकारले नै रोकेको आरोप लगाएका छन् ।
मंगलबार झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रश्न गरे, ‘पहिले चाहिँ संविधान संशोधन गर्न समय पुगेन भनेर दुई चरणमा चुनाव गर्ने गरी सहमति गर्ने, अनि निर्वाचनपछि चाहिँ सहमति पालना नगर्ने ?’
सरकारले संविधान संशोधन गर्ने भनेर दुई चरणमा चुनावको मिति तोकेको भएपनि आफैंले गरेको प्रतिबद्धता अनुसार काम नगरेको यादवले टिप्पणी गरे । उनले भने, ‘पहिल्यै गरिएको तीनबुँदे सहमतिमा उल्लेख भएकाले संविधान संशोधन गर्नु सरकारको नैतिक दायित्व हो ।’
तेस्रो चरणको निर्वाचनअघि संविधान संशोधन भए चुनाव गर्न सहज हुने उनको भनाइ थियो । यद्यपि उनले सरकारले चाहे तोकिएकै मितिमा निर्वाचन हुने बताए ।