पहिराेले आधा दर्जन घर जोखिममा

फाइल तस्विर

ताप्लेजुङ : विभिन्न स्थानमा पहिराका कारण दुई घरपरिवार विस्थापित भएका तथा आधा दर्जन बढी घर जोखिममा परेका छन् । पहिराका कारण फक्त्ताड्लुङ गाउँपालिका– ३ स्थित लिंखीमको थिवा बस्तीका डम्बरबहादुर लाबुङ लिम्बूको परिवार शुक्रबारदेखि नै विस्थापित भएको छ ।

सोही ठाउँमा रहेका सात घर पहिराको जोखिममा परेको स्थानीयवासीले बताएका छन् । बस्ती छेउमा उत्तर–दक्षिण ओलाङ्चुङगोला राजमार्ग सडक आयोजनाले सडक निर्माण गरेको तर तारसहितको पर्खाल नलगाएकाले त्यहीँबाट पहिरो बग्न थालेको स्थानीयवासीको भनाइ छ ।

विस्थापित लाबुङ परिवार छिमेकीको शरणमा छ । यता सोमबारराति घरमाथिबाट झरेको पहिराले फुङ्लिङ नगरपालिका– ९ हाङ्देवाका वीरेन्द्र कार्कीको परिवार विस्थापित भएको छ भने सिदिङ्वा गाउँपालिका– ३ मा दुई घर जोखिममा परेका छन् ।

पहिराका कारण स्थानीयवासीले लगाएको धानखेतीका साथै अलैँचीबालीमा समेत क्षति पुगेको स्थानीयवासी प्रकाश राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार