विवेक राई
भोजपुर : कृषकहरूले अलैँची, अदुवा, चिया र दूधबाट उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । धनकुटा जिल्लाभित्रका अलैँची, अदुवा, चिया र दूध व्यवसायीहरूको अवस्था समस्या सुन्न सोमबार धनकुटाको हिलेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेको बताएका हुन् । विगतवर्षबाट अलैँची खेती गर्दै आएका पाख्रिबासका दिलबहादुर तामाङकाअनुसार बगानमा रोग लागेको र त्यहीमाथि बजार भाउ नहुँदा खेती गर्न मनोबल खस्किएको बताए । तामाङले भने ‘विगत वर्षमा प्रतिमन १ लाखदेखि १ लाख २० हजारसम्ममा बेच्दै गरेको तर यो वर्ष ४० हजारमा झर्दा खेती गर्ने जाँगर हराउँदै गएको छ ।’
पाख्रिवासका अर्का अलैँची कृषक सुरेन्द्र मानन्धरको पनि यस्तै समस्या छ । विगतमा वार्षिक ३० देखि ३५ मनसम्म फलाउने गरेको तर पछिल्लो समय रोगले बगान सकिँदै आएकोले उत्पादन हुन छाडेको बताए । मानन्धरका अनुसार अलैँचीमा बोट पहेँलिने, कालो भएर जाने, गवारा लाग्ने रोगले बगान मासिँदै आएको छ । रोग निवारणको निमित्त आपूmले बोट नै कृषि अनुसन्धान केन्द्र पाख्रिवासमा लगेर देखाएको तर अनुसन्धान केन्द्रले केही गर्न नसकेको गुनासो गरे ।
अलैँची खेतीप्रति मात्र होइन कृषक अदुवाखेतीबाट पनि असन्तोष बनेका छन् । उत्पादित अदुवाले मूल्य नपाउने र विभिन्न प्रकारका रोगहरू देखापरेका कारण अब आपूm अदुवाखेती गर्न नसक्ने अवस्थामा पुगेको पाख्रिबासमा व्यावसायिक अदुवाखेती गर्दै आएका जसिमाया तामाङले बताइन् । अर्का कृषक मेघबहादुर राई पनि अब अदुवाखेती गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । उनकाअनुसार कृषकहरू उत्पादन गर्न लागि परे पनि उचित मूल्य नपाएका कारण समस्या भएको छ । उत्पादित अदुवा बजारमा कहिलेकाहीँ १० देखि १५ रूपैयाँमा समेत बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । खेती घट्दो क्रममा रहेको र खेती विस्तारका लागि राज्यले आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।
त्यस्तै समस्या चिया उत्पादकहरूको पनि रहेको छ । चिया उत्पादक सहकारी संघका अध्यक्ष इन्द्र सारु मगरका अनुसार अक्सन बजारको व्यवस्थापनमा ध्यान दिएर मूल्य निर्धारण गरे मात्र चियाखेतीको विकास हुने बताए । चियाको बारेमा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले भारत निकासीमा समस्या भएको व्यवसायी बताउँछन् । अध्यक्ष घिमिरेले अदुवा र अलैँचीको जति नै मूल्य घटे पनि यसबाट फाइदा हुने भएकाले रोग व्यवस्थापन र ढुवानी सेवामा लागत कम गर्न सके फाइदालाई अझ बढाउन सकिने बताए ।
डेनमार्क सरकारको आर्थिक सहयोग तथा आइएलओको सहकार्य तथा फोनिजको आयोजनामा आयोजित कार्यक्रममा कृषकहरूको गुनासो सुनुवाइका लागि विषयगत कार्यालयका कर्मचारीको उपस्थिति रहेको थियो । कृषकहरूको समस्यालाई हल गर्न कृषि कार्यालयमा कर्मचारी कम हुनु मुख्य समस्या रहेको जिल्ला कृषि विकास कार्यालयका टेकबहादुर कार्कीले बताए ।
कार्यक्रममा पैरवीको लागि समस्या र समाधानका विषयहरू उठेकाले प्रभावकारी रहेको बताउँदै कृषकका समस्याहरूलाई पत्रकारहरूले पनि सम्बन्धित निकायसम्म पु¥याउन तल्लीन रहने फोनिजका अध्यक्ष दण्ड गुरुङले बताए । अाजकाे साैर्य दैनिकमा खबर छ ।