नयाँ बुलन्द
इलाम : इलाममा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको पाईएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव ०७३/७४ मा आत्महत्या गर्नेको संख्या झण्डै दोब्बरले बढेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कार्या
लयको तथ्याङ्क अनुसार गत आवमा इलामका एक सय आठ जनाले आत्महत्या गरेका थिए । जसमध्ये सबैभन्दा बढी ९९ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आठ जनाले बिष सेवन गरेर र एक जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
अघिल्लो आव ०७२/७३ मा इलामका ६० जनाले आत्महत्या गरेका थिए । जसमध्ये ५८ जनाले झुण्डिएर र दुई जनाले बिष सेवन गरेर आत्महत्या गरेका थिए ।
जिल्लामा दुवै आर्थिक वर्षमा आत्महत्या गर्नेमा महिलाको संख्या बढी पाईएको छ । अनुसन्धानले घरेलु हिंसा, यातना, विपन्नता, पारीवारीक कलह, दीर्घरोग आदिका कारण आत्महत्या गरेको देखाएको प्रहरीको भनाई छ ।