आज चन्द्रग्रहण, ग्रहणको फल कुन राशीलाई कस्तो ?

Image result

काठमाडौं : ग्रहणको फलबारे केहीलाई विश्वास लाग्दैन । तर ग्रहणमा के गर्न हुन्छ, के गर्न हुँदैन र कुन राशीलाई कस्तो प्रभाव पर्छ भनेर सोधीखोजी गर्नेहरु पनि धेरै हुन्छन् ।

ज्योतिषीय विधान अनुसार सोमबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले दिउँसो २ बजेदेखि नै भोजन गर्नु हुँदैन । तर बिरामी, बालबालिका र बृद्धबृद्धाले भने खान हुन्छ । ‘ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुने र त्यसले स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्तो बेला खान हुँदैन भनिएको हो’  ज्योतिष बलराम उपाध्याय खकुरेलले भने ।

यस्तै राशी अनुसार ग्रहणको प्रभाव फरक हुने पनि ज्योतिषहरु बताउँछन् । ज्योतिषहरुका अनुसार मकर राशीको श्रवण नक्षत्रमा चन्द्रग्रहण पर्छ । त्यसैले मकर राशीका व्यक्तिले सोमबारको चन्द्रग्रहण अवलोकन गर्न नहुने ज्योतिषको भनाई छ ।

ज्योतिषका अनुसार मेष, धनु र सिंह राशी भएकालाई ग्रहण अवलोकन गर्नु राम्रो मानिन्छ । मकर, कन्या, वृष, मिथुन, कुम्भ र तुला राशीका लागि ग्रहणको फल राम्रो नभएको ज्योतिषको भनाई छ । ज्योतिषका अनुसार मीन, कर्कट र वृश्चिक राशीकालाई भने यो ग्रहण शुभ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार