युद्धबहादुर बोहोरा
पाँचथर : किराँत ज्योतिषविद् स्वर्गीय रनध्वज नेम्बाङ’ उत्थान संघ फाल्गुनन्द गाउँपालिकाको ‘प्रथम अधिवेशनबाट भगिरथ चेम्जोङ अध्यक्षमा चयन भएका छन् ।
अधिवेशलने चेम्जोङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको २०७२ सालमा साविक फाक्तेप गाविसमा तदर्थ समिती गठन भएको थियो । राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दका चेला स्वर्गीय नेम्वाङको जन्म १९७४ साल पुस १९ गते भई २०१८ साल मङ्सिर २३ गते स्वोर्गारोहण भएको थियो ।
तत्कालिन राणा शासनकालमा जङ्गलमा लुकिछिपी किराँत ज्योतिष विद्या हासिल गरेका नेम्वाङले सो समयमा लेखेका हस्तलिखित किताबहरु उत्थान संघको मातहातमा सुरक्षित छ । उनको हस्तलिखित लेख नेम्वाङ स्मारीकामा प्रकाशन गरिएको ज्योतिष उत्थान संघका पूर्व कोषाध्यक्ष अगम बान्तवा राईले जानकारी दिए ।
ज्योतिष विद्यामा शास्त्री हासिल गरेका संघका पूर्व कोषाध्यक्ष राइले ज्योतिषविद् स्वर्गीय नेम्वाङले किराँत लिपी र ज्योतिष विद्यामा पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनको पृष्ठभूमिबारे बताउँदै स्थानीय समाजसेवी बलिराज चेम्जोङले विना साइत जन्म, विवाह र मृत्यु समेत हुन नसक्ने हुँदा ज्योतिष बिज्ञान मानवीय जिवनमा महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
सो कार्यक्रममा बोल्दै घुर्बिसे पन्चमीका युवा समाजसेवी विनोद आङ्देम्बेले ज्योतिषविद् नेम्वाङ एक महान् पुरुष भएकाले फराकिलो तरिकाले सम्मान गर्दै उनले चालेको यात्राको अनुसरण गर्नुपर्नेमा जोड दिए । अधिवेशनमा गाउँपालिकाका बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति थियो ।
तदर्थ समितिका अध्यक्ष इच्छाबहादुर चेम्जोङको सभापतित्वमा कार्यक्रम भएको थियो । किराँत ज्योतिष उत्थान संघका पूर्व कोषाध्यक्ष अगम (बान्तवा) राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव केहेर सिंह चेम्जोङले गरेका थिए ।