सपनाका चाङ

सञ्‍जय राई

यतिबेला नेपाली जनता देशको निकासको खोजिमा छन् । यहाँ ठीक उल्टो जटिलटा थपिएको देखिन्छ । नेपाली जनता घरघरमा सिंहदरवार पाउने सपना बोकेर ढुक्क थिए । जब जनप्रतिनिधी निर्वाचित भए ।

स्थानीय तहका काम, कर्तव्य, अधिकार स्पष्ट नभएको देखिन्छ । गाउँपालिकालाई दिएको क्षेत्राधिकार अस्पष्ट छ । यस बेला जनप्रतिनिधीहरु स्पष्ट कानुनके व्यवस्था नभएकोले सामान्य निर्णय लिन पनि अन्योल भएको बताउँछन् । जनता आस्वस्त थिए तर त्यो भएन । यहाँ संघ, प्रदेश, स्थानीय तहबीचमा क्षेत्रअधिकार सम्बन्धी द्विविधा रहेको पाईन्छ ।

मलाई लागेको कुरा, हतारमा काम गरेर पछि पछुताउनु राम्रो होईन । तर यहाँ यस्तो भएको छ । अहिले आएर  पत्रपत्रिकाहरुमा स्थानीय तहमा निजामती कर्मचारी पठाउनेदेखि लिएर कार्यालय व्यवस्थापन अभावको समचारले ठाउँ पाएको छ । यस्ता समचार दिनानुदिन छापिएको पाईन्छ । कार्यलय नभएपछि सेवाग्राहीहरु कहाँ गएर सेवा लिने भन्ने अन्योल भएको पाईन्छ ।

नेपाली जनताले अब पक्कै परिवर्तनको आभाश हुन्छ भन्ने सोंचेका थिए । धेरै धैर्यधारण गरे पनि । तर आकाशको फल आँखा तरि मर भन्ने अवस्थामा पुग्न बाध्य भएका छन् । नेपाली जनताले धेरै अरु केही नपाए पनि गगनचुम्बी सपनाका चाङ प्रसस्त पाएका छन् । घरघरमा खाना पकाउने ग्यासको पाईप आउने सपना पाए । भलै घरमा चुलो बाल्न अझै मुस्किल परिरहेको छ । ग्यासको लाईनमा नेपाली जनता बस्नु पर्ने समस्य अझै छ । काठमाडौंमा रेल आउने सपना पाए । भलै अझैपनि माईक्रो बसमा कोचाकोच गरेर यात्रा र सवारी साधन बेलामा नआएर धुलो र दुर्गन्धसँग सङघर्ष गर्दै पर्खिनुपर्छ अझै ।

घरघरमा वाइफाइ आउने सपना पाए । यँहा सदरमुकाम वा नगरपालिकाका घरघरमा विधुत र गाउँमा मोवाइल टावर छैन । नेपाली झन्डा बोकेको पानिजहाज चलाउने सपना पाए । तर अझै पनि त्रिशुली नदी वारपार गर्न तुईनको साहारा लिएको देख्न पाइन्छ । नेपाली जनताले यस्ता सपनाका चाङहरु सुनेर बसिरहेका छन् । देशमा यस्ता सपनाका चाङ थुपिन्दै छन् दिनानुदिन । तर यहाँ भुकम्प गएको वंर्षौ बितीसक्दा पनि भुकम्प पीडितहरुले राहत पाएका छैनन ।

त्यसैले नेपाली जनता कतिसम्म सहनशील छन् प्रस्ट छ । सपनाका चाङले नेपाल भरिभराउ छ । यसप्रकारका सपना बाँडिरहेका राजनितीक दलहरुका नेततृत्व देश र जनताप्रति कति वफदार छन्, कति उत्तरदायी छन् भन्ने कुरा स्पष्ट देखिन्छ । सुन्दर शब्द चयन गरेर भाषणलाई सिगार्ने र प्रतिवदतामा जनाउँदैमा मुलुक समृद्ध हुने भए नेपालमा भाषण प्रतियोगिता आयोजना गर्दा कसले सुन्दर सपना देखाउन सक्छ उसैले देश चलाए हुन्छ ।

यस्ता सपनाका कुरालाई मञ्चमा प्रतिस्पर्धा गर्ने भाषणहरु अन्त्य गरी नेपाली जनतालाई सपना होईन बिपनामा, भाषणमा होईन व्यवहारमा देख्‍न चाहन्छन् । तसर्थ राजनितीक दलका नेताले सपना देखाउने भाषणको प्रतिस्पर्धा छाडेर सबै एक भएर ठोस उद्देश्य प्राप्तिका लागि जनताको सपनालाई विपनामा परिवर्तन गर्न लागि पर्दा राम्रो ।

(लेखक समाजवादी विद्यार्थी फाेरम, नेपालका केन्द्रिय सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार