कक्षा १२ को विज्ञानको नतिजा सार्वजनिक

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ ।

आज बिहान बसेको बोर्डको बैठकले १० बजे कक्षा १२ को नतिजा प्रकाशन गरेको हो । सार्वजनिक नतिजा अनुसार यो वर्ष ७९ दशमलब ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

गत बैशाखमा सञ्चालित उक्त परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएकामध्ये ३५ हजार ६ सय ६८ परीक्षार्थी उत्तीर्ण भएका छन्  । १७ जनाको परीक्षा रद्द गरिएको छ ।

यो वर्षको आंशिकमा सम्मिलित ९ हजार ४ सय ८९ जनामध्ये ४ हजार १ सय ३७ जना अर्थात् ४३ दशमलब ५९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन । ३ जनाको परीक्षाफल रद्द गरिएको छ ।

त्यस्तै नियमित तर्फ भने ७३ दशमलब ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ सहभागी ४० हजार ६ सय ३मध्ये २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा परीक्षार्थीले प्रति विषय रु. ५ सयका दरले १५ दिनभित्र बोर्डमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार