काठमाडौं : देशभरबाट २ हजार ५२ जना बालबालिका हराइरहेका छन् । आर्थिक वर्ष ०७३/७४ को असार मसान्तसम्म देशभरबाट २ हजार ७ सय ७२ जना बालबालिका हराएकामध्ये ७ सय २० जना मात्र फेला परेको बाल संरक्षण समन्वय केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अझे २ हजार ५२ जना बालबालिका हराइरहेकाे अाजकाे साैर्य दैनिकमा खबर छ।
हराएका बालबालिका नभेटिनुको कारण केन्द्रले अनुसन्धान गरिरहेको छ । हराएकामध्ये अधिकांश बालबालिका भेटिँदैनन् । पूर्वाञ्चल विकास क्षेत्रबाट मात्रै गतवर्ष १ सय ४९ बालक, ३ सय ७० बालिका गरी जम्मा ५ सय १९ बालबालिका हराएका छन् । जसमध्ये १९ बालक र ५५ बालिका गरी जम्मा ७४ जना बालबालिका फेला परेका छन् ।
पूर्वाञ्चलमै बालक १ सय ३०, बालिका ३ सय १५ गरी जम्मा ४ सय ४५ बालबालिकाको खोजी भइरहेको अधिकारीले बताए । यसैगरी मध्यमाञ्चल विकास क्षेत्रको काठमाडौं उपत्यकाभित्रबाट १ सय ८८ बालक, १ सय २३ बालिका गरी ३ सय ११ बालबालिका हराएका छन् । जसमध्ये १ सय ५० बालक, ९५ बालिका गरी २ सय ४५ जना फेलापरेका छन् । हराएकामध्ये ३८ बालक, २८ बालिका गरी जम्मा ६६ बालबालिकाको स्थिति अभैm पत्ता लाग्न नसकेको केन्द्रले जनाएको छ ।
उपत्यकाबाहेक मध्यमाञ्चल क्षेत्रबाट हराएका २ सय ५ बालक, ५ सय ३७ बालिका गरी जम्मा ७ सय ४२ जना बालबालिका हराएका छन्् । तीमध्ये ५६ बालक, ९० बालिका गरी जम्मा १ सय ४७ जना बालबालिका फेलापरेका छन् । हराएकामध्ये १ सय ४८ बालक, ४ सय ४७ बालिका गरी जम्मा ५ सय ९५ को खोजी जारी रहेको अधिकारीले बताए ।
पश्चिमाञ्चल विकास क्षेत्रमा १ सय २ बालक, २ सय १० बालिका गरी जम्मा ३ सय १२ बालबालिका हराएका छन् । जसमध्ये १९ बालक, ३७ बालिका गरी जम्मा ५६ जना बालबालिका फेलापरेका छन् । ८३ बालक, १ सय ७३ बालिका गरी जम्मा २ सय ५६ जना बालबालिकाको खोजीकार्य भइरहेको केन्द्रले जानकारी दिएको छ ।
अधिकारीका अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा २ सय ७० बालक, ३ सय ४७ बालिका गरी जम्मा ६ सय १६ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्तामध्ये २ सय ३ बालक, २ सय ८८ बालिका अझै फेला परेका छैनन् । सुदूरपश्चिममाञ्चल विकास क्षेत्रमा १ सय ३३ बालक, १ सय ३९ बालिका गरी जम्मा २ सय ७२ जना बालबालिका हराएकोमा ९२ बालक, १ सय ७ बालिका गरी जम्मा १ सय ९९ बालबालिका अभैm बेपत्ता रहेको केन्द्रले जनाएको छ ।
तुलनात्मक रूपमा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका बालबालिका धेरै हराउने गरेको तथ्यांकले देखाएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रले बालबालिका उद्धारका लागि काम गर्दै आए पनि हराएका अधिकांश बालबालिका फेला पार्न नसकिएको अधिकारी स्वीकार्छन् । बेवारिसे अवस्थामा फेलापरेका ३ सय २१ बालक, १ सय ५८ बालिका गरी ४ सय ७९ जनालाई उद्धार गरेको केन्द्रले २ सय १६ बालक र ९१ बालिका गरी ३ सय ७ लाई पारिवारिक पुनर्मिलन गराएको जनाएको छ ।
पारिवारको पत्तो नलागेका १ सय ६० बालबालिका संरक्षण गृह र १२ जना बालकल्याण गृहमा राखिएको बाल संरक्षण समन्वयका अधिकृत अधिकारी बताउँछन् ।अधिकारीका अनुसार हराएका बालबालिकामध्ये केही बराल्लिएर र कोही कुलतमा फसेर घर छाड्ने गरेका छन् । उनका अनुसार सहरी क्षेत्रका अधिकांश बालबालिका कुलतमा फसेर घर छोडेर सडक जीवन बिताउने गर्दछन् । अधिकारीले बालबालिकालाई मनोवैज्ञानिक परामर्श उपलब्ध गराएमा हराउने समस्या केही हदसम्म कम हुने बताए ।