भरतपुर १९ मा मतदान जारी

bharatpur_metrocity_19

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ का मतदाता छाता ओढेर पुनः मतदानमा सहभागी भएका छन् ।

यसअघि वैशाख ३१ गरेको दिएको मतको मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातिदिएपछि उक्त वडामा पुनः मतदान भएको हो । बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियासँगै पानी पनि परेपछि मतदान छाता ओढेर मत दिन बाध्य भएका हुन ।

उक्त वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि आयोगले आजलाई निर्वाचनको मिति तय गरेको हो । सबैको चासो र आकर्षणको केन्द्र बनेको भरतपुर महानगरपालिकामा यसअघि मतगणना अन्तिम समयमा पुगेको बेला माओवादी कार्यकर्ताले च्यातिदिएपछि विवाद कायम रहेको थियो ।

उक्त महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु र एमालेबाट देवी ज्ञवाली प्रतिस्पर्धामा छन् । काँग्रेसको समेत समर्थन रेणुलाई छ । भरतपुर १९ मा तीन हजार ७९७ मतदाता छन् । जीवनज्योति आधारभूत विद्यालय केन्द्रमा एक हजार ३०६, शारदा माविमा एक हजार २२३ र किरण माविमा एक हजार २४८ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार