विद्युत अनियमितताप्रति अखिलको ध्यानाकर्षण

नयाँ बुलन्द

इलाम : अनेरास्ववियु इलामले अनियन्त्रित रुपमा विद्यृत कटौति भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण इलाम समक्ष गम्भीर ध्याकषर्ण भएको जानकारी गराएको छ ।

विहिवार प्राधिकरणको कार्यलयका इन्जिनियर उमेश दाहाललाई संगठनका अध्यक्ष इश्वरी तामाङद्वारा हस्ताक्षरित ज्ञापन–पत्र बुझाउँदै प्रतिदिन र पटक–पटक भइरहेको अनियन्त्रित विद्युत कटौतीले गर्दा परिक्षा चलिरहेको विद्यार्थी, व्यापारी र व्यवसायीलाई परेको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

के कारण समस्या उत्पन्न भएको हो भन्ने समेत सार्वजनिक सुचना नगर्ने र विद्युतको जनसम्पर्क डेस्कको नम्बरमा फोन गरेर जानकारी लिन खोज्दा समेत फोन लामो अवधिसम्म नउठ्ने गरेको जनगुनासो व्यापक आएपछि संगठनले विद्युत प्राधिकरण आएर ध्यानाकर्षण्न गर्नु परेको अनेरास्ववियु केन्द्रिय सदस्य रविन्द सुवेदीले बताए ।

यता कार्यालयका इन्जिनियर उमेश दाहालले चाँडै समस्याको समाधान खोज्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसैको लागि कार्यालय प्रमुख कार्यलयबाट राजधानीतर्फ प्रस्थान गरेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार