ताप्लेजुङ जिससको संयोजकमा मादेन

ताप्लेजुङ : जिल्ला समन्वय समिति जिसस ताप्लेजुङमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

बिहीबार भएको निर्वाचनबाट जिससको संयोजकमा एमाले ताप्लेजुङ सचिवालय सदस्य घनेन्द्र मादेन विजयी भएका हुन् । त्यस्तै सहसंयोजकमा एमालेकै देविमाया नेपाली निर्वाचित भएकी छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार भएको मतदानमा एमालेका विजयी मादेनले १२ मत ल्याए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्ऽ ईवारामले ६ मत ल्याए ।

एमालेका देविमायाँ नेपालीले १० मत ल्याएर विजयी भइन भने प्रतिस्पर्धी कांग्रेसकी गीता सेन्दाङले ८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।मतदानमा स्थानीय तहमा निर्वाचित भएका १८ जना प्रमुख र उप-प्रमुखको सहभागिता रहेको थियो । जसमा एमालेका १०, काँग्रेसका ६ र माओवादी केन्ऽका २ सदस्य रहेका थिए ।

बाँकी सात सदस्यमा समेत सबै एमालेबाटनै निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीको सफत ग्रहण भने जिससमा निर्धारण गरिने मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार