ट्राफिकद्वारा ५३ लाख राजस्व संकलन

इलाम बसपार्कमा सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रहरी नायव निरिक्षक पदमबहादुर राई । तस्विर साैजन्य : जिल्ला ट्राफिक प्रहरी कार्यालय

राम योङहाङ

इलाम : जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले आर्थिक वर्È ०७३/७४ मा सवारी नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरेर ५३ लाख ८२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

१ वर्षको अवधिमा नियम पालना नगर्ने नौ हजार छ सय ५५ सवारी साधनलाई कारवाही गर्दा जरिवाना बापत अहिलेसम्मकै सबैभन्दा बढी सो परिमाणको राजस्व संकलन गरेको हो ।

ट्राफिक प्रहरीले अघिल्लो आव भन्दा दुई लाख १२ हजार एक सय ५० रुपैयाँ बढी राजस्व संकलन गरेको हो । अघिल्लो आव ०७२/७३ मा सवारी नियम पालना नगर्ने१५ हजार छ सय २८ सवारी साधनलाई कारवाही गरेर ५१ लाख ७० हजार तनि सय ५० रुपैयाँ राजस्व संकलन गरेका थियो ।

आव ०७१/७२ मा १३ हजार पा“च सय ६३ सवारी साधनलाई कारवाही गरी ४३ लाख ३१ हजार तीन सय ५० रुपैया“ राजस्व संकलन गरेको छ । त्यसअघिका वर्षहरुमा ०७०/७१ मा २४ लाख ४२ हजार पा“च सय, ०६९/७० मा १२ लाख ४६ हजार ५० र ०६८/६९ सात लाख ३१ हजार तीन सय ५० रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम पालना नगर्ने सवारी साधनमा बस, ट्रक, जीप, कार, भेन, ट्याक्टर र मोेटरसाईकल रहेका छन् । ट्राफिक प्रहरीले सबैभन्दा बढी मोटरसाईकललाई कारबाही गरेर १९ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । तीन हजार दुई सय १२ वटा मोटरसाईकललाई कारवाही गरी सो परिमाणको राजस्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै सवारी नियम पालना नगर्ने दुई सय ९० वटा बसबाट एक लाख ७१ हजार, एक हजार नौ सय ८४ ट्रकबाट ११ लाख सात हजार पाँच सय, तीन हजार तीन सय ६६ वटा जीप, कार र भेनबाट १७ लाख ६४ हजार र आठ सय तीन वटा ट्याक्टरलाई कावाही गरी चार लाख २७ हजार रुपैया“ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले त्यस्ता सवारी साधनबाट जरिवाना बापत प्रतिगोटा पाँच सयदेखि दुई हजार रुपैयाँसम्म रसिद काटेर रकम लिने गरेको छ ।

सवारीे चाप बढ्नका साथै ट्राफिक गतिविधि व्यापक बनाईएकाले बढी सवारी कारवाहीमा परी राजस्व बढेको ट्राफिक प्रहरीको भनाई छ । पछिल्लो समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गर्न थालेपछि पनि राजस्व संकलनमा थप वृद्धि भएको बताईएको छ ।

यस्तै मादकपदार्थ सेवन गरेर सवारी चलाउनेको संख्यामा पनि कमि आएको छ । मापसे गर्नेको संख्या अघल्लिो वर्षको तुलनामा ८८ ले कमी आएको छ । आव ०७२/७३ मा तीन सय ७७ जनाले मापसे गरी सवारी चलाएकोमा ०७३/७४ मा दुई सय ८९ जनाले मात्र मादक पर्दाथ सेवन गरी सवारी चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्याङ्क छ ।

प्रहरीले मापसे गरी सवारी चलाएमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) मा प्लाव पार्नुका साथै एक हजार रुपैया“का दरले अनिवार्य जरिवाना असुल गर्दै आएको छ । आव ०७३/७४ मा मापसे गरी सवारी सञ्चालन गरेका दुई सय १५ जनाको लाईसेन्समा प्वाल पार्नुका साथै जरिवाना गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले ट्राफिक प्रहरीले जिल्लाको किटेनी, हर्कटे, फिक्कल, पशुपतिनगर, तीनघरे, गोलाखर्क, दानाबारी, मंगलबारे र रक्सेमा चेकपोष्ट राखी नियम विपरीतका सवारी साधनहरुलाई कारवाही गरी राजस्व संकलन गर्ने गरेको छ ।

दुर्घटना बढ्यो, मृत्यू घट्यो

यता सवारी साधन दुर्घटनाको संख्या भने इलामा बढेको छ । अघिल्लो आव ०७२/७३ मा ३२ वटा विभिन्न सवारी साधन दुर्घटना भएको थियो भने आव ०७३/७४ मा ४६ वटा दुर्घटना भएको छ ।

दुर्घटनामा परी मृत्यू हुनेको संख्या भने घटेको छ । आव ०७३/७४ मा विभिन्न सवारी दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये ३ पुरुष, २ महिला र ३ बालिका रहेका छन् । अघिल्लो आव ०७२/७३ मा ७ पुरुष र २ महिला गरी ९ नाले ज्यान गुमाएका थिए ।

सवारी दुर्घटना बढ्नुको कारण विगतको भन्दा सवारी साधनको संख्यामा वृद्धि हुनु, साँघुरो बाटो हुनु र गुणस्तरीय बाटोको अभाव मुख्य कारण रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार