इलामले पायाे पुनः दोस्रो उत्कृष्ट सफा शहरको सम्मान

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिका देशकै दाेस्राे शहरकाे रुपमा पुरस्कृत भएकाे छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको आर्थिक २०७३/७४ को वार्षिक कार्यक्रम अनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पु¥याउने उत्कृष्ट तीन वटा नगरपालिकाहरुलाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाले दोस्रो सफा शहर पुरस्कार तथा सम्मान प्राप्त गरेको छ ।

मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा आयोजित एक विशेष समारोहका बिच माननीय उपप्रधानमन्त्री एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई ७ लाख रुपैंयाँ राशीसहित सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरेका हुन । नेपालका २ सय ६३ नगरपालिकाहरु मध्ये इलाम नगरपालिकाले यस पटक दोस्रो सफा शहरको पुरस्कार ग्रहण गरेको हो ।

यस अघि इलाम नगरपालिकाले २०६९ सालमा ५८ नगरपालिकाहरु मध्ये दोस्रो सफा शहर र २०७२ सालमा २ सय १७ नगरपालिका मध्ये तेस्रो सफा शहर पुरस्कार प्राप्त गरि सकेको छ । यस पटकको उत्कृष्ट तीनवटा नगरपालिकाहरु मध्ये पहिलो धनकुटा नगरपालिका, दोस्रो इलाम नगरपालिका र तेस्रो हेटौडा उपमहानगरपालिका भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार