केजर र ओर्लान्डो समर्थनमा ८७ व्यक्तिको मृत्यु

_97123852_mediaitem97123851जोहानसबर्ग : दक्षिण अफ्रिकामा २ फुटबल क्लबका समर्थकबीच भागदौड हुँदा २ व्यक्तिको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । जोहानसवर्ग सहरको सोएटो डर्बी क्लब केजर शेफ्स र ओर्लान्डो पाइरेट्का समर्थबीच झडप हुँदा उक्त घटना भएको त्यहाँका फुटबल अफिसियरलाई जनाएका छन् । उक्त घटनामा एक व्यक्तिको अवस्था निकै चिन्ताजनक रहेको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् । दक्षिण अफ्रिकाको ठूलो स्टेडियम एफएनबीमा भएको खेल घटनापछि निरन्तरता पाएको थियो । जुन खेल केजर शेफ्सले १–० ले जितेको थियो ।

उक्त रंगशाला ८७ हजार दर्शक क्षमताको रहेको छ । पब्लिक सेफ्टी अफिसियल माइकल सनले रंगशालाको गेटमा समर्थकबीच ठेलाठेल हुँदा घटना भएको बताइएका छन् । यसअघि जोहानसबर्गकै एलियस पार्क स्टेडियममा सन् २००१ अप्रिलमा पनि यी २ क्लबको समर्थकबीच झडप हुँदा ४३ समर्थकको मृत्यु भएको थियो । त्यसभन्दा १० वर्षअगाडि पनि ओपेनहेमरको सिटी अफ ओर्किनी स्टेडियममा यी २ क्लबको समर्थकबीच झडप हुँदा ४२ व्यक्तिको मृत्यु भएको थियो ।

एफएनबी रंगशालामा दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले जेलमुक्त भएपछि आफ्नो पहिलो भाषण गरेका थिए । जुन सन् १९९० मा मण्डेलाले अफ्रिकी जनतासामू आफ्नो रिहाइको खुसी मनाएका थिए । सन् २०१३ डिसेम्बरमा मण्डेलाले देहत्याग गर्दा उनको भौतिक शरीरलाई त्यहाँ राखिएको थियो । जुन अहिले मण्डेला मेमोरियल स्टेडियम पनि भनिन्छ । सन् २०१० को विश्वकप फाइनल पनि यही रंगशालामा नेदरल्यान्ड र स्पेनबीच भएको थियो । (एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार