किसानलाई अलैंचीको विरुवा वितरण

sanपाँचथर : जिल्लामा गरिबसँग विशेश्वर कार्यक्रमअन्तर्गत कृषक समूहलाई अलैंचीको विरुवा वितरण गरिएको छ । फिदिम नगरपालिका १३ र १४ का सो कार्यक्रममा संगठित समूहलाई ८ हजार २ सय विरुवा वितरण गरिएको हो ।

‘धार्लाङ’ जातको अलैचीको बिरुवा इलामका महानन्द ओझाबाट खरिद गरीएको हो । ओझासँग सो विरुवा ७० हजारमा खरिद गरिएको कार्यक्रमका संयोजक सन्तोष श्रेष्ठले बताए ।गरिवसँग विशेश्वर कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष १ सय घर धुरीलाई सहयोग गरिँदै आएको श्रेष्ठले बताए । फिदिममा ९ कृषक समूह र ९ वडास्तरीय संगठित समूह रहेका छन् । विपन्न परिवारलाई छनोट गरी ३ लाख ९० हजार रकम वियु पुँजीमा लगानी गरिएको पाइएको छ । समूहमार्फत खानेपानी पाइप, कुलो, ट्यांकी निर्माणसमेत गरिएको छ । गत आर्थिक वर्षमा उन्नत जातको बंगुर र बीउ बोकासमेत वितरण गरिएको थियो ।

यसवर्ष संगठित समूहलाई यस वर्ष विनियोजित रकम ८० हजार बराबरको अलंैचीको विरुवा वितरण गरिएको हो । विरुवा प्रत्येक घरलाई ५० देखि ३ सय ५० बोटसम्म वितरण गरिएको छ । त्यस्तै, तुम्बेवा गाउँपालिकामा ८० हजार बराबरको १ हजार ८० थान आँप, लिची, कागती, सुन्तला, कटहरका विरुवा वितरण गरिएको छ । त्यस्तै, फालेलुङ गाउँपालिका १ लाख २० हजार बराबरको आलु र अदुवाको विउ वितरण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार