बिदेशमा झांगिएको प्रेमले नेपालमा लियो करुणा (कमला) को ज्यान

सृजना आचार्य

काठमाण्डौ : पारीवारीक विछोडमा परदेशी भुमिका रहेकी झापा आमचोक ७ की २९ वर्षीया करुणाले एउटा मन मिल्ने साथी भेटाइन्, तेज गुरुगं घरमा मायाले उनलाई करुणा भनेर बोलाइने गरेको भए पनि उनको वास्तविक नाम भने कमला हो ।

नागरीकतामा उनको नाम कमला भनेर उल्लेख छ । तनहुंका तेजसंग उनको चिनाजानी कुवेतमै छंदा घनिष्टतामा बदलियो । दुई जनाको बिचमा दुख सुखका कुरा हुन्थे । एक अर्कालाई परेको बेलामा सहयोग गर्थे । त्यही घनिष्टताका आधारमा उनले तेजलाई दुईलाख रुपैया सापट पनि दिइन् ।

एक सन्तानकी आमा करुणा आफ्नो पतिसंग थिइनन् । सन्तानलाई पनि माइती घरमा छोडेर कुवेत गएकी थिइन । त्यसैले पनि उनलाई एउटा असल साथीको आवश्यकता थियो । त्यही आवश्यकताले उनलाई तेजसंग नजिक बनाएको हुनसक्छ ।

सात महिना अघि नेपाल आएकी कमला कुवेतमा रहेका तेजसंग टेलिफोन सम्पर्कमा रहिरहीन् । साउन १२ गते तेज पनि काठमाण्डौ आउने खबर पाएकी कमला तेजलाई भेट्न झापावाट काठमाण्डौ आइपुगीन् । आमालाई कुवेत छंदै दिएको ऋण उठाउनु छ भनेर काठमाण्डौ आएकी कमला यतै अस्ताइन् ।

काठमाण्डौको गौशाला स्थित पशुपति गेष्ठ हाउसको कोठामा उनको रहस्यमय मृत्यु भयो । “केही दिन पछि फेरी विदेश जांदै थिइ, त्यसैको लागि पैसा चाहिएर होला, कुवेतमै छंदा एक जनालाई पैसा सापटी दिएकी छु त्यो मान्छे नेपाल आएको छ, पैसा फिर्ता लिन जान्छु भनेर काठमाण्डौ आएकी हो, छोरीको मृत्युको खबर सुनेर काठमाण्डौमै आइपुगेकी करुणाकी आमाले भनिन्, यस्तो होला भनेर कल्पना पनि गरेकी थिइन ।”

करुणा साउन २७ गते दुवई जाने तयारीमा थिइन । उनी गाउंकै माइजु नाता पर्ने संग दुवई जाने तयारी गरीरहेको थाहा भएको छ । “हामी संगै जाने भनेर लगेज पनि किनेका थियौ, इटहरी सम्म एउटै गाडीमा काठमाण्डौ आएको हो, माइजुले भनिन्, भान्जीले दुइटा लगेज किन्नुभएको थियो ।”

झापा मै छंदा पनि माइजुलाई भान्जि कमलाको सम्बन्धमा शंका लागेको थियो । काठमाण्डौ आउनु अघिल्लो दिन कमलाले तेजसंग झण्डै दुई घण्टा फोनमा कुरा गरेकी थिइन् । “उनीहरुको कुरा गराई सौहार्द थिएन, माइजुले भनिन्, फोनमा झगडा गरीरहेका थिए ।”

निकै बेर फोनमा चर्काचर्की भएपछि कमला विछिप्त बनिन् । उनको मुटुको धड्कन बढीरहेको थियो, फोनमा कुरा गर्न नसक्ने अवस्थामा पुगेपछि कमलाको हातवाट माइजुले फोन खोसेर कुरा गरीन् । “मैले को हो तपाई, के भयो यस्तो, तपाईको कारणले भान्जिको अवस्था नाजुक भएको छ भनेर मैले फोनमा सोधें, माइजुले भनिन्, म तेज गुरुगं हो भन्ने जवाफ आयो, कमला मरे पनि मलाई केही फरक पर्दैन भन्दै फोन काटिदिए ।”

इटहरीवाट अर्कै गाडीमा काठमाण्डौ आइपुगेकी उनकी माइजुले भान्जीको मृत्युको खबर सुनेर आश्चर्यमा परेको बताइन् । “भान्जीको यस्तो अवस्था भएपछि मलाई पनि मेरा श्रीमानले विदेश जान पर्दैन भन्नुभएको छ, उनले भनिन्, तयारीका लागि थुप्रै पैसा खर्च भइसक्यो अब के गर्ने ?

करुणाको मृत्यु भएपछि माइजुको मोवाइलमा कुवेतवाट कसैको फोन आएको उनले जानकारी दिइन् । “फोन कुवेतवाट आएको थियो, उनले भनिन्, कमलाको मृत्यु भएको थाहा पायौ, उनको मृत्यु होइन हत्या भएको हो भनेर त्यो मान्छेले भन्यो ।”

“मलाई पनि कमला र तेजको सम्बन्ध र उनीहरु ीबचको कुरा गराईले कमलाको मृत्यु स्वाभाविक जस्तो लाग्दैन,” माइजुले भनिन् ।
गएको १२ गते विहिवार गौशालाको पशुपति गेष्ठ हाउसमा कमलाले आफ्नै नाममा कोठा बुक गरेकी थिइन् । सांझ करिब ५ वजे फोनवाट कोठा बुक गराएको होटल संचालक धर्मसिंह न्यौपानेले बताए ।

न्यौपानेको घर पनि पुर्व भएकाले कमलालाई वहिनी भनेर सम्बोधन गरेको बताए । “वाहिरवाट हाम्रो गेष्ट आउनेवाला थिए त्यसैले हामी एयरपोर्ट जान लागेका थियौं । कमलाले पनि आफ्नो श्रीमान कुवेतवाट आउन लागेको र उनलाई लिन एयरपोर्ट जानुपर्ने भएकाले हामी संगै गइन् । कमलालाई एयरपोर्ट छोडेर आयौं, न्यौपानेले भने, कमलाले आफ्नो श्रीमान भनेकोेले पनि हामीले त्यती वास्ता गरेनौं ।”

कमला र तेज कतिवेला होटलमा संगै आए आफुलाई थाहा नभएको होटल संचालक न्यौपानेले बताएका छन् । “विहान प्रहरी आएर खोजतलास गरेपछि मात्र मैले मेरो होटलको कोठामा कमलालाई मृत अवस्थामा देखें” उनले भने ।

कमलाको मृत्यु पछि संगै कोठामा रहेका तेजलाई प्रहरीले पक्राउ गरेको छ । कमलाका आफन्तले कमलाले आत्महत्या गरेको नभै उनलाई हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

कमलाको आइतवार नै पोष्टमार्टम गरीएको छ । पोष्टमार्टम रिपोर्टमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाई छ । “भान्जिको मृत्यु स्वभाविक होइन, उनलाई आत्महत्या गर्न बाध्य पारीएको हो, माइजुले भनिन्, आत्महत्या नै भए पनि उनलाई यस्तो अवस्थामा पुर्याउनेलाई कारवाही गरीनुपर्छ ।”
-लाइट नेपालबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार