दमक-रवि सडकको सम्पुर्ण ट्रयाक खुल्दै

दमक : दमक रवि चिसापानी-फाल्गुनन्दं सडक खण्डको यसै साउनको तेस्रो साताबाट पहिलो चरणको काम अन्र्तगत सम्पुर्ण ट्रयाक खोलिने भएको छ । अहिले पनि यो सडकमा चारवटा मेशिनहरुबाट सडक निर्माणको काम भइरहेको दमक रवि चिसापानी-फाल्गुनन्द सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले जानकारी दिए।

दमक बाट पाँचथरको रवि बजार जोडने ४४ किलो मिटर सडक खण्डको हाल चुलाचुलीस्थित रतुवा खोला किनार ट्रयाक ओपनको काम भइरहेको छ । चुरे क्षेत्रमा बाँकी रहेको ट्रयाक खोल्ने काम यहि साउनको तेस्रो साताबाट सम्पन्न भएपछि भदौको पहिलो साताबाट कच्चि नै भएपनि सडककै सडक भएर सावारी साधनहरु पाँचथरको रवि सम्म पुग्ने अध्यक्ष पुरीले जानकारी दिए।

यसैगरि यो सडकको दिगो निर्माणका लागि अबको एक महिना भित्र सम्पुर्ण डिपिआर तयार भइसक्ने पनि समितिले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भए लगत्तै अर्को चरणको काम थालिने भएको छ । सडकको आउदो असोजमा करिब डेढ अरबको बजेटमा ८ मिटर चौडाको ड्रेन सहितको कालोपत्रे निर्माण गर्नका लागि टेण्डर निकालन लागिएको जनाइएको छ ।

दुइ दशक भन्दा अघिबाट निर्माण शुरु गरिएको यो सडकको यसै वर्षमात्र सम्पुर्ण ट्रयाक खुल्ला हुदैछ । यस अघिसम्म यो सडक भएर झापाको दमकबाट पाचथरको रवि सम्मका लागि संचालनमा रहेका सवारी साधनहरुले रतुवा खोलाको बाटो भएर गुडनु पर्ने बाध्यता रहदै आएको थियो । अब सडकको सम्पुर्ण ट्रयाक खुल्ला भएपछि झापाको दमक हुदै पाँचथरको रवि सम्मको यात्रा सहज हुने सर्वसाधारणहरुले अपेक्षा गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार