एनएमबीको १०० औं शाखा इलाममा

नयाँ बुलन्द

इलाम : पहाडी क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने नीति अनुरुप एनएमबी बैङ्कले इलाममा नयाँ शाखा विस्तार गरेको छ । बैङ्कले आफ्नो १०० औैं शाखा इलाममा विस्तार गरेको हो ।

एनएमबीले जिल्लामा स्थापित कार्यालय मार्फत आफ्नो कारोबार शुरु गरेको हो । शाखा विस्तारको अवसरमा बैङ्कले पहिलो दिन खाता खोल्ने आफ्ना ग्राहकलाई चाँदीको सिक्का उपहार समेत प्रदान गरेको छ ।

पहिलो दिन खाता खोल्न नपाउने ग्राहकहरु साउनभर आएर न्युनतम ५ हजार बचत गरी खाता खोलेमा पनि सो ग्राहकलाई चाँदीको १० ग्रामको सिक्का उपहार प्रदान गर्ने बैङ्कका शाखा प्रबन्धक गोविन्द घिमिरेले जानकारी दिए ।

५ वर्ष पहिलेदेखि नै एनएमबी बैङ्कले समृद्ध पहाड युकेको सहयोगमा इलाममा सात करोड कर्जा इलामका विपन्न बर्गमा लगानी गरिसकेको छ । शाखा नभएको समयमा विपन्नवर्ग र उद्यमीहरुमा ठूलो परिमाणमा कर्जा लगानी गरिसकेको एनएमबीले शाखा स्थापना भएपछि हिमाली र पहाडी क्षेत्रमा उत्साहपूर्ण लगानी गर्ने प्रबन्धक घिमिरेले बताए ।

इलाममा शाखा खुलेकोमा समृद्ध पहाड युकेका क्षेत्रीय संयोजक सुदिप श्रेष्ठले खुसी व्यक्त गर्दै बैङ्कलाई बधाई दिएका छन् । क वर्गका अन्य बैङ्क तथा वित्तीय संस्थाहरुले थोक कर्जाका लागि उदासिन भएको समयमा ५ वर्ष पहिले एनएमबी बैङ्कले इलामका किसानहरुलाई सस्तो व्याजदरमा लगानी गरेको सम्झना गर्दै श्रेष्ठले आगामी दिनमा पनि एनएमबीसँग सहकार्य गरेर पूर्वी पहाडका विपन्न वर्गसम्म बैङ्कको सेवा पुर्याउन सहयोग गर्ने बताए ।

एनएमबीको शाखा खुलेपछि बैङ्कसँग नियमित कारोबार गरिरहेका इलामका तीन दर्जन सहकारी खुसी भएका छन् । इलाममा भएको अन्य बैङ्कको सहयोगमा एनएमबीमा कारोबार गरिरहेका सहकारीले अब सोझै कारोबार गर्न पाउने भएपछि खुसी देखिएका हुन् ।

जौबारी कृषि सहकारी संस्थाका व्यवस्थापक टङ्क नेपालले इलाममा एनएमबीको शाखा खुल्नुले गोदकका किसानहरुलाई राहत मिलेको बताए । सिंहदेवी दुग्ध उत्पादक सहकारी संस्था चमैताका व्यवस्थापक राजकुमार बस्नेतले अरु बैङ्कबाट एनएमबीसँग कारोबार गर्नुपर्ने झण्झटबाट मुक्तभएको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार