भरुवा बन्दुकसहित दुईजना पक्राउ

नयाँ बुलन्द

ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरिजंघा गाउँपालिका-५ बस्ने २८ वर्षका सनकुमार मावो (लिम्बु) र वडा नम्बर-५ मा डेरा गरी बस्ने २२ वर्षका  छिरिङ शेर्पा रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए ।

दुबैजनालाई शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएस्पी केसीले बताए ।

पक्राउ परेका उनीलाई बरामद हतियारसहित अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ । उनिहरुविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार