नयाँ बुलन्द
पाँचथर : पाँचथरममा जीप दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
फिदिमबाट फालेलुङ गाँउपालिकाको मेमेङतर्फ गइरहेको मे १ ज १८९२ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा सवार सबै घाइते भएका हुन् ।
घाइते हुनेहरूमा रमिला खपांगी, उनका छोरा लक्की खपांगी, समिप गुरुङ, शिखा तामाङ, विक्रम राई, मिरा तामाङ, हेमराज खनाल, तेजबहादुर गुरुङ, बलबहादुर खत्री, भानुभक्त खनाल, दावा गुरुङ, निमा गुरुङ र बल बहादुर गुरुङ रहेका छन् । उनीहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिप मेची लोकमार्ग अन्तर्गत फिदिमको सारन्तामा सडकबाट करिव दुई सय मिटर तल थियो ।