लिवि मञ्चद्वारा क्याम्पस सरसफाई

नयाँ बुलन्द

इलाम : लिम्बू विद्यार्थी मञ्च महेन्द्र रत्न बहुमुखी क्याम्पस समितिले क्याम्पस परिसरमा सरसफार्इ गरेको छ । शुक्रबबार क्याम्पसको परिसर वरिपरी र शौचालयको सरसफार्इ गरिएको मञ्चले जनाएको छ ।

लिम्बू विद्यार्थी मञ्च महेनद्र रत्न बहुमुखी क्याम्पस अध्यक्ष जीवन याेङहाङकाे नेतृत्वमा भएकाे कार्यक्रममा सहायक क्याम्पस प्रमुख पूर्णप्रसाद ढुङ्गाना, लिम्बू विद्यार्थी मञ्चका जिल्ला संयोजक शिवकुमार थेगीम, सदस्य सचिव अतित योङहाङ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष मानवहादुर गुरुङ, नेपाल तामाङ विद्यार्थी घेदुङका जिल्ला अध्यक्ष महेन्द्र तामाङ, किरात रार्इ विद्यार्थी संघका शोभाना रार्इ  लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ५१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार