इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिग च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल भित्र्याउने योजना बनाएको छ ।
रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले पनि आगामी सिजन ग्यारेथ बेल क्बलमा रहिरहने बारे केही बताएका छैनन् । रियल मड्रिड स्टाइकर अल्भारो मोराटा पनि इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीमा अनुबन्धित भएपछि मड्रिड को खेलाडी भित्र्याउने भन्ने अन्योलमा छ ।
चेल्सीले मोराटालाई झण्डै ६ करोड पाउण्डमा क्लब भित्र्याएको हो । मोराटालाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएको थियो । त्यही समय युनाइटेडले एभर्टनबाट रामेलु लुकाकुलाई अनुबन्ध गरिसकेको छ । म्यानचेष्टर युनाइटेडले बेललाई सन् २००७ मै क्लब भित्र्याउन पहल गरेको थियो । त्यतिबेला सफल हुन नसकेको युनाइडेटले फेरि बेलमा आँखा लगाएको छ ।
बुधबार इंग्लिस क्लब म्यानचेस्टर सिटीले रियल मड्रिडमाथि शानदार जित दर्ता गरेपछि मड्रिडमा स्टाइकरको अभाव देखिएको थियो । क्रिष्टियानो रोनाल्डो आराममा हुनु र मोराटाले क्लब छाड्नुले मड्रिड दबाबमा देखिएको थियो ।
युरोपियन च्याम्पियन पनि रहेको रियल मड्रिड अमेरिकाको लस एन्जल्समा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै चार गोल गरेको थियो ।
सोमबार भएको प्रि–सिजन मैत्रीपूर्ण खेलमा पनि रियल मड्रिडलाई म्यानचेस्टर युनाइटेडले टाइब्रेकरमा हराएको थियो । अमेरिकाको सान्टा क्लारामा भएको खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा रियल मड्रिडले एक गोल मात्र गर्न सक्यो र खेल हार्यो ।