एमाले नेता नेम्वाङ अस्पताल भर्ना

काठमाडौं : नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् ।

‘मधुमेहको मात्रा एक्कासी बढेपछि नेम्वाङलाई सोमबार बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको हो’, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो । आज बिहान ८ : ३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल भर्ना गरिएको हो ।’

उनका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको पनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार