सर्पको टोकाईबाट राइकाे मृत्यु

नयाँ बुलन्द

इलाम : सर्पको टोकाईबाट इलामको देउमाई नगरपालिकाका एक व्यक्तिको ज्यान गएको छ । विषालु सर्पको टोकाईबाट देउमाई नगरपालिका–४ का गंगा राईको ज्यान गएको हो ।
राइलाई शनिबार दिउँसो सर्पले टोकेको थियो । उनलाई उपचारका लागि झापाको चारआलीस्थित सर्पदंश केन्द्रमा लगेपनि उपचारको क्रममा गएराती ज्यान गएको इलाका प्रहरी कार्यालय देउमाईका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिए ।

राईलाई कुन सर्पले टोकेको थियो भन्ने कुरा भने पहिचान नभएको निरौलाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार