झापा : झापाको विर्तामोड भद्रपुर सहायक राजमार्ग अन्तरगत हर्चना चोकमा शुक्रवार भएको सवारी दुर्घटना परी एक जनाको मुत्यु भएको छ, भने एक जना गम्भिर घाइते भएका छन् ।
मुत्यु हुने विर्तामोड ८ हर्चना बस्ने ३८ बर्षिय कृष्ण थापाको घटनास्थलमै मुत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउका २५ बर्षिय गोविन्द चौधरी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते चौधरी विएण्डसी हस्पिटल विर्तामोडमा उपचार भइरहेको टाफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
हर्चनाबाट विर्तामोड तर्फ गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई मेजिक भेनले ठक्कर दिएका थिए ।