जनताकाे घरदैलोमा सामाजिक सुरक्षा भत्ता

इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ का वडासचिव कृष्णप्रसाद खनाल सामाजिक सुरक्षा भत्ता वितरण गर्दै । तस्विरः गोविन्द लामिछाने

नयाँ बुलन्द

इलाम : इलामका नवनिर्वाचित जनप्रतिनिधिले सर्वसाधारणको घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ का जनप्रतिधीधिले जनताको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

फाकफोकथुम–४ फुएतप्पाका नवनिर्वाचित वडा अध्यक्ष हरी दंगालीले कार्यभार सम्हाले लगत्तै जनताको घरआँगनमा पुगेर विभिन्न खाले सामाजिक सुरक्षा भत्ता तथा योजनाको अनुगमन थालेका हुन् ।

वडा अध्यक्ष दंगालीले गाउँगाउँमा पुगेर वृद्ध, एकल, असहाय भत्ता र दलित छात्रवृत्तिको रकम वितरण गर्नुका साथै निर्माण सम्पन्न योजनाको अनुगमन गरेको वडा सचिव कृष्णप्रसाद खनालले जानकारी दिए ।

सामाजिक सुरक्षाको रकम वितरणका लागि टोलटोलमा पुगेका वडा अध्यक्षले जनताले आफूलाई मतदान गरेर जिताएको प्रतिफल गाउँगाउँमा विकास निर्माण गरेर चुक्ता गर्ने समेत बताए ।

त्यसैगरी वडा नम्बर ३ का अध्यक्ष राजन पौड्याल पनि जनताको घरघरमा पुगेर सामाजिक सुरक्षा वितरण गरिरहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार