परिक्षा एउटा विषयको, प्रश्नपत्र अर्कैको

त्रिभुवन विश्वविद्यालयको चरम लापरवाही

इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस । फाइल तस्विर

नयाँ बुलन्द

इलाम : स्नातक तहको दोश्रो वर्षको परिक्षामा त्रिभुवन विश्वविद्यालयको चरम लापारवाही भएको पाइएको छ । त्रिविको लापारवाहीका कारण ६८ जना विद्यार्थी परिक्षा दिनबाट वञ्चित भएका छन् ।

इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मंगलबार निर्धारण गरिएको शिक्षाशास्त्र अन्र्तगतको दोश्रो वर्षको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको परिक्षा दिन गएका विद्यार्थीको हातमा ‘पोलिटिक्स अफ नेपाल’ विषयको प्रश्नपत्र आएपछि विद्यार्थीहरु परिक्षा नदिई बाहिरिएका थिए ।

परिक्षार्थीहरु भने क्याम्पस प्रशासन जिम्मेवार नहुँदा यस्तो समस्या भोग्नु परेको बताउँछन् । ‘आफूले पढेको विषय एउटा, अर्कै विषयको प्रश्नपत्र आएपछि हामीले परिक्षा हल छाडेका हौं’ परिक्षा परिक्षा हलबाट बाहिरिएका विद्यार्थी सरोज लिम्बूले भने, ‘एक वर्षसम्म एउटा बिषय पढियो तर प्रश्नपत्र अर्कै आयो । जुन विषय अध्यापन गराइएको छ सोही बिषयको प्रश्नपत्र आए मात्र अर्को पटक हुने परिक्षामा सामेल हुन्छौं ।’

यता यस विषयमा विद्यार्थी संगठनहरु भने यस अझैसम्म अनविज्ञ छन् । यस्तो समस्यामा विद्यार्थी संगठनहरुले साथ नदिएको अर्का परिक्षार्थी विनु खडकाले आरोप लगाए । ‘विद्यार्थी संगठनहरु पनि चुनावको बेलामात्र देखा पर्छन् । समस्या परेका बेला कुनै संगठनका नेताहरुले हामीलाई साथ दिएनन्’ उनले भने ।

यसैबीच परिक्षार्थीको सो समस्यालाई ध्यान राखेर क्याम्पस प्रशासनले मंगलबारेका परिक्षा स्थगन गरेको थियो । तर त्रिभुवन विश्वविद्यालयले भने यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । यस्तो समस्या इलाम बाहेक अन्य जिल्लामा देखिएन ।

क्याम्पस प्रशासन भने त्रिभुवन विश्व विद्यालयको लापरवाहीका कारण यस्तो समस्या आएको तर्क राख्छ । ‘विश्व विद्यालयले ४ वर्षे शिक्षाशास्त्र स्नातक दोश्रो वर्षको पाठयक्रमको दोश्रो पटकको संसोधनको पत्र क्याम्पसमा आएकोमा इन्टरनेशनल पोलिटिक्स कोड नं ४२८ भन्ने आएकाले सोही अनुसार अध्यापन गराइ विद्यार्थीहरुलाई परिक्षामा सामेल गराइएको हो’ निमित क्याम्पस प्रमुख धनबहादुर न्यौपानेले भने, ‘परिक्षामा पोलिटिक्स अफ नेपालको प्रश्नपत्र आएपछि डिन कार्यालयसँगा सम्र्पक गरेर परिक्षा रोक्न लगाइएको छ । यस विषयमा डिन कार्यालयमा गएर समाधान गरिनेछ ।’

इलाम क्याम्पसमा त्रिभुवन विश्वविद्यालयबाट कोर्ष परिवर्तन भएको पत्र अहिलेसम्म पनि नआएको क्याम्पस प्रशसनले जनाएको छ । विद्यार्थीहरुले एउटा विषयको वर्षभरि तयारी गरेर अर्को विषयको परिक्षा लेख्न सक्ने अवस्था पनि नरहेको उपप्राध्यापक श्याम फुएँल बताउँछन् । उनी भन्छन् ‘पहिले २ पटकसम्म कोर्ष परिर्वन गर्यो । फेरी शैक्षिक सत्र शुरु भएको ३ महिनापछि कोर्ष परिर्वतन गरेर जानकारी पत्र क्याम्पसमा त्रिभुवन विश्व विद्यालयले नपठाउँदा यो समस्या आएको हो ।’

अघिल्लो वर्ष पनि स्नातक प्रथम वर्षको अर्थशास्त्र विषयको परिक्षामा देशैभर त्रिविबाट यस्तै गल्ती भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार