खबरदारी गरिदिन वडाध्यक्ष श्रेष्ठको आग्रह

सुजता सुनुवार

इलाम : इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले निर्वाचन अघिको प्रतिबद्धता दोहोर्याउदै बाटो बिराएमा खबरदारी गरीदिन सबैलाई आग्रह गरेका छन् ।

वडा कार्यालयको उद्घाटन र पदवहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विकास निर्माण र सुशासनका विषयमा आफूले गरेको प्रतिबद्धता पुरा गर्ने अवसर पाएकोले त्यसलाई प्रमाणित गर्ने समय आएको उनले बताए । ‘कामलाई मुर्तरुप दिन मलाई सबैले सहयोग गरिदिनुस्, बाटो बिराएछु भने खबरदारी पनि गरिदिनुस् ।’ उनले भने नागरिकसामू आग्रह गरे ।

बुधबार नगर प्रमुख महेश बस्नेतले रिबन काटेर वडा कार्यालयको उद्घाटन गरेका थिए । अध्यक्ष नरेश श्रेष्ठ, सदस्यहरु बसन्ती घतानी, केशब खत्री र सन्जिव राईले पदबहाली गरे लगत्तै नगर मेयर बस्नेतले अविर, खदा र माला लगाएर बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा मेयर महेश बस्नेतले जनताले दिएको म्याण्डेटलाई जिम्मेवार भएर पूरा गर्न पदाधिकारीहरुलाई अनुरोध गरेका थिए ।

मन्तव्यका क्रममा पूर्व उपमेयर तथा एमालेका प्रतिनिधि कृष्ण श्रेष्ठले बिजयीहरुको प्रमुख प्रतिपक्षको भूमिका निभाउन विजयी उम्मेद्वारकै पार्टीलाई अनुरोध गर्दै अन्य पार्टीले त्यसपछिको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार