५२ जनाले मात्र निर्वाचन खर्च बुझाए  

सुजता सुनुवार

इलाम : स्थानीय तह निर्वाचनमा सहभागी जनाएका इलामका ५२ जना उम्मेद्धारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार राप्रपाका दुई जना उम्मेद्वार तथा नेकपा एमालेका देउमाई नगरपालिकाका मेयर तथा उपमेयर सहित वडाध्यक्ष तथा सदस्यहरु गरी ५० जनाले उम्मेद्वार खर्च विवरण बुझाएका छन् ।

खर्चको विवरण बुझाउने समय अझै रहेकाले उम्मेद्वारले विवरण ल्याउने क्रम रहेको कार्यालयका नायब सुव्वा खेम राईले बताए ।

जिल्लामा १० स्थानीय तहमा चारसय २५ पदका लागि एक हजार छ सय एक जनाले उम्मेद्वारी दिएका थिए । अहिले कार्यालयमा सबै पार्टीले चुनावी खर्च ल्याइसकेका छैनन् ।

केही उम्मेद्वारलाई चुनावी खर्च विवरण बुझाउनुपर्छ भन्ने सम्म थाहा छैन । उम्मेद्वारले अस्वभाविक र कानुनमा उल्लेख भएभन्दा बढी खर्च नगरून् भनेर विवरण मागिने जिल्ला निर्वाञ्चन कार्यलयले जनाएको छ  । तर, निर्वाचन आयोगले नै यो प्रक्रियालाई औपचारिकतामा मात्रै सीमित गरेको पाइन्छ ।

 उम्मेद्वारहरूले तोके भन्दा बढी खर्च गरी कागजी रूपमा सीमा भित्रैको विवरण पेस गरे पनि सम्बन्धित निकायले कसीकसाउ गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार