प्रधानमन्त्री देउवाकाे अाश्वासनः जनजाति प्रतिष्ठान खारेज हुँदैन

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति प्रतिष्ठान विघठन नहुने बताएका छन् । आदिवासी जनजाति नेताहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले प्रतिष्ठान विघठन नगर्ने आश्वस्त पारेका हुन् ।

सोमबार प्रधानमन्त्री कार्यलय सिंहदरबारमा नेपाली काँग्रेस आवद्ध आदिवासी जनजाति नेताहरुलाई बोलाएर प्रतिष्ठान विघठन नहुने आश्वस्त पारेका हुन् । प्रधानमन्त्री कार्यलयमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामको नेतृवमा गएको जनजाति नेताहरुले प्रधानमन्त्री देउवाले नै आफ्नो कार्यकालमा स्थापना गरेको प्रतिष्ठान विघठन हुन लागेकोमा ध्यानाकर्षण गराएका थिए ।

महासंघको अध्यक्ष बरामको ध्यानाकर्षणपछि प्रधानमन्त्री देउवाले जनजाति नेता रेशम गुरुङलाई “कसरी प्रतिष्ठान विघठन हुन्छ” भनी प्रतिप्रश्न गरेका थिए । जनजाति नेता गुरुङ संसदमा छलफलमा रहेको आदिवासी जनजाति आयोगको ऐन कार्यन्वयन पश्चात जनजाति प्रतिष्ठान विघठन हुने चिन्ता रहेको बताए पछि प्रधानमन्त्री देउवाले भने “जनजाति आयोग र प्रतिष्ठान फरक फरक प्रकृतिका हुन्, काम, कर्तव्य र अधिकार फरक फरक हुन्छन् । प्रतिष्ठान विघठन हुदैन, तपाइहरु ढुक्क हुनुस्” ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार