३७ करोड ६१ लाख राजस्व संकलन

नयाँ बुलन्द

इलाम : जिल्लामा गत आर्थिक वर्ष ०७३/०७४ मा ३७ करोड ६१ लाख ८१ हजार ४ सय ३८ रुपैंयाँ राजस्व संकलन भएको छ । यो राजस्व अघिल्लो आर्थिक वर्ष ०७२/०७२ को भन्दा ३ करोड १४ लाख ७१ हजार ६ सय ९२ रुपैंयाँ (९ दशमलव १३ प्रतिशत) ले बढि हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका अनुसार गत आवमा सबैभन्दा बढि करदाता सेवा कार्यालयले २१ करोड ५८ लाख ३५ हजार, जिल्ला वन कार्यालयले ३ करोड ५३ लाख ६२ हजार, जिल्ला प्रशासनले २ करोड ७ ३ हजार, यातायात ब्यबस्था कार्यालयले १ करोड ९४ लाख ३२ हजार र पशुपतिनगर भन्सार कार्यालयले १ करोड १८ लाख २९ हजार रुपैंयाँ राजस्व संकलन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार