इलामका चार नगरपालिकाका १८ वडा कार्यालय भाडामा सञ्चालन

इलाम : इलामका चार नगरपालिकाका १८ वडा कार्यालय भाडामा सञ्चालन गरिने भएको छ ।

जिल्ला समन्वय  समिति इलामका अनुसार जिल्लाका सुर्योदय र माई नगरपालिकाका सात/सात, देउमाई नगरपालिकाका तीन र इलाम नगरपालिकामा एक वटा वडा कार्यलयको भवन भाडामा सञ्चालन गरिने भएको हो ।

जिल्लाकै सबै भन्दा ठूलो नगरपालिका सुर्योदय नगरपालिकाका २, ६, ८, ९, १०, १३, र १, माई नगरपालिकाका १, ३, ४, ५, ६, ८ र १० वडा कार्यालय भाडामा सञ्चालन गरिने भएको छ । यस्तै देउमाई नगरपालिकाका १, २ र ८, इलाम नगरपालिकाको ४ नम्बर वडा कार्यालय भाडामा सञ्चालन गरिने भएको हो ।

भाडामा घर लिइसके पनि कर्मचारी अभाव भएका कारण सेवाग्राहीलाई सेवा दिन समस्या भएको छ । समस्याका कारण असार १४ गते भएको दोस्रो चरणको स्थानीय तहको चुनावमा विजय भएका ७२ जना जनप्रतिनिधिलाई समेत काम सुरु गरेर सेवा प्रवाह गर्न समस्या भएको  छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार