गर्भवती बालिकालाई गाउँबाटै निकालियो

Rape-696x358भोजपुर  : भोजपुरमा गर्भवती भएकी ११ बर्षकी बालिका गाँउनिकालामा परेकी छन् । पूर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षकी एक बालिका गाउँबाट निकालिएकी हुन् । छिमेकी २० वर्षका दुर्गाबहादुर श्रेष्ठले ललाई फकाइ बालिकासँग शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएको स्थानीय बासिन्दाले बताएका छन् ।

उनको बुवा नेवार र आमा दलित समुदायको भएकोले केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै धम्की दिएपछि बालिकालाई गाउँनिकाला गरिएको हो । बालिकासँग ०७३ साल पुस ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । घटना बाहिरिएपछि दुर्गाले बालिकालाई धरान लिएर आए पनि त्यहाँ पुगेपछि उनी भागेका छन् । बालिकाको भने विचल्ली भएको छ ।
‘६ महिनाको गर्भवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो’ बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भन्नुभयो, ‘उनीसँगै साथी गएको केटा दुर्गाबहादुरको अत्तोपत्तो छैन ।

छोरी धरानमा अलपत्र परेकी छिन् । छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे रे’ बुवा खगेन्द्र श्रेष्ठले गहभरी आशु पार्दैै भने ।

प्रहरी चौकी याकुमा गएर सहयोग माग्दा समेत सहयोग नपाएको परिवारले बताएको छ । याकु प्रहरी चौकीका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर बिहे गरिदिने निर्णय भए अनुसार काम गरिदिने बताएका थिए । प्रहरीले मेलमिलाप गराउने बताएर आफू पन्छिन् खोजेको छ ।

गाउँमै बस्ने वातावरण बनाउन प्रहरीले असहयोग गरेको आफन्तले गुनासो गरेका छन् ।यता महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले भने घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार