टाङ्टिङ खोलाको पुल अझै बनेन

balbaleka

झापा  : निर्माण प्रारम्भ भएको आठ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न नहुँदा झापाको खुदुनाबारीका बासिन्दा सास्ति व्यहोर्न बाध्य छन् ।

आर्थिक वर्ष २०६५/६६ को योजना अनुसार टाङ्टिङ खोलामा दुई वर्षमा पुल निर्माण गर्ने गरी निर्माण कार्य शुरु भएपनि आठ वर्षसम्ममा पनि निर्माण सम्पन्न नहुँदा स्थानीयले बर्सेनि सास्ती भोग्नु परेको अर्जुनधारा नगरपालिका–२ खुदुनावारीका स्थानीय ओमनाथ रिजालले बताए ।

हिउँदमा पानीको सतह घट्नाले आवत–जावतमा समस्या नभएपनि वर्षातमा बाढी आउँदा स्थानीयलाई ओहोर–दोहोर गर्न समस्या भएको हो ।

गतवर्ष खुदुनावारी गाविस र स्थानीयको पहलमा मान्छे, मोटरसाइकल, साइकल लगायत हलुका सवारी साधन आवत–जावतका लागि बनाइएको बाँसको पुल बगाए पछि स्थानीय समस्यामा परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार