आजदेखि मतदाता नामावली संकलन सुरू

नयाँ बुलन्द

इलाम :  जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।

कार्यालयका अनुसार प्रदेश नम्वर १ अन्तर्गत पर्ने इलाम जिल्लाका छ । गाउँपालिका तथा चार नगरपालिकामा बसोबास गर्ने बासिन्दाहरुको नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।

साथै साउन १६ देखि २० गतेसम्म तस्बिर सहित नाम, अद्यावधि गरिनाका साथै नामावलीको संशोधन पनि गरिने जनाइएको छ । १६ देखि २० गते सम्ममा मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा नयाँ मतदाता नामावलीमा नाम समावेश हुने छ ।

विसं २०७४ जेठ १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा इलाम जिल्लाबाट एक लाख ८९ हजार दुई सय ७४ जना मतदाता रहेको कार्यालयले जनाएको छ ।निर्वाचन आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालय इलामबाट मात्र नयाँ मतदाता नामावली संकलन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार