मानव बेचविखन तथा ओसारपसारमा कमी आएन

सुजता सुनुवार

इलाम : मानव बेचबिखन तथा ओसारपसारका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । सरकारी संयन्त्र तथा कतिपय गैससरकारी संघसंस्थाहरुको अगुवाइमा समेत यस्ता अभियानहरु सञ्चालन नभएका होइनन् । मानव बेचबिखन तथा ओसारपसारमा न्युनीकरण गर्दै निर्मुल पार्ने अभियानमा सबै एक भएर अघि बढे ।

तर सयको सफल कार्यान्वयन हुन सकेको छैन । पछिल्लो समय इलाममा भएको मानव वेचविखन तथा ओसारपसारको घटनाको वृद्धिले यसको पुष्टि गर्दछ । गत वर्षको तुलनामा यस वर्ष १२३ जना मानव वेचविखन तथा ओसारपसारका जोखिममा परेको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।

माइती नेपालका संयोजक होम ढकालका अनुसार गत साल ६४७ जना मानव वेचविखन तथा ओसारपसारका जोखिममा परेका थिए । यो वर्ष सात सय ७० जना ओसारपसारका जोखिममा परेको बताइएको छ ।

यस वर्ष भारतको विभिन्न स्थान सिलगुडी, मिरिक, सुकिया, दार्जिलिङ्ग, सिक्किम लगायतका स्थानबाट २० जनालई उद्धार गरिएको छ । ११७ जना हराएको निवेदन परेकोमा ३१ जनालाई उद्धार गरी आवश्यक परामर्शपछि परिवारको जिम्मा लगाएको थियो ।

यस्तै भारतका विभिन्न स्थानबाट २६५ जनालाई रोकिएको र ३६८ जनालाई बोर्डरमा रोकेर परामर्श पश्चात बोर्डरबाटै घर फर्काइएको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार