सुजता सुनुवार
इलाम : इलामका व्यावसायिक अलैची कृषकहरुलाई अलैचीको बिरुवा बितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषि प्रसार र मसला बाली कार्यक्रम अन्तरगत विरुवा वितरण गरेको हो ।
जिल्लाका व्यवसायिक किसानलाई ध्यानमा राखेर एक लाख २० हजार विरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । कार्यलयका अनुसार कृषकहरुलाई रामसाई, गोल्साई, सलकपुरे लगायत बिभिन्न जातका विरुवा वितरण गरिएको छ ।
माग अत्याधिक बढी आएकाले व्यवसायिक रुपमा अलैंची खेतीमा लागेका किसानलाई छनौट गरी विरुवा वितरण गरिएको कार्यालयलका योजना अधिकृत तथा सुचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिए ।
उनका अनुसार कार्यालयले सूर्योदय नगरपालिका स्थित अलैंची विकास केन्द्रबाट विरुवा खरीद गरेर कृषकहरुलाई शतप्रतिशत अनुदानमा बिरुवा बितरण गरेको हो । प्रतिव्यक्ति दुई सय बोटका दरले विरुवा उपलब्ध गराईएको सुचना अधिकारी काफ्लेले जानकारी दिए ।
इलाममा गतवर्ष सोह« सय हेक्टरमा अलैंची खेती गरिएको कार्यलयले जनाएको छ । कार्यलयको तथ्याङ्क अनुसार जिल्लामा गत वर्ष ५ सय ७६ मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।