सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सकियाे

नयाँ बुलन्द

इलाम : सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिने आधारभू तालिम इलाममा सकिएको छ ।

इलाम नगरपालिकाका सामुदायिक मेलमिलाप समितिका पदाधिकारी र सदस्यहरूका लागि आयोजित तालिम शुक्रबार सकिएको हो ।

जिल्ला समन्वय समिति इलामको सहयोगमा मेलमिलाप परिषदमा सूचिकृत संस्था मानव अधिकार मञ्च नेपाल इलामको आयोजनोमा तालिम सञ्चालन भएकोथियो ।

तालिममा इलाम नगरपालिकाका १८ जना मेलमिलापकर्ताहरूको सहभागिता रहेको थिय । तालिममा सर्वोच्च अदालतको मेलमिलाप परिषदले तयार गरेको पाठ्यक्रमका आधारमा विभिन्न विषयमा छलफल भएको थियो ।

तालिममा विवाद र यस्को स्वरुप, विवादका श्रोत तथा कारण, विवाद बढ्ने चरण, परम्परागत, ‌औपचारिक तथा अनौपचारिक विवाद समाधानका संयन्त्र, विवाद समाधानका वैकल्पिक उपायहरु, संवाद, मेलमिलाप सम्बन्धी केही देशका अभ्यासहरु, मेलमिलापको अवधारणा, मेलमिलापकर्ताको गुण तथा भूमिका, सञ्चार सीप, सक्रिय सुनाइ सीप, मेलमिलाप प्रक्रियामा सहजीकरण सीप, सोधपुछ वा प्रश्न गर्ने सीप, मेलमिलाप प्रणालीका आधारभूत अवधारणा लगायतका विषयमा छलफल भएको थियो ।

तालिमका सहभागीहरुलाई मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवे, कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, सहजकर्ता शिखरनाथ सापकोटा, पारस राइ, गायत्री थेगिमलगायतले सहजीकरण गरेका थिए ।

तालिमको समापन समारोहमा प्रमुख अतिथी जिल्ला न्यायाधीस नवराज दाहालले सहभागीहरुलाई मेलमिलापकर्तादेखि न्यायाधीससम्म बन्ने अवसर प्राप्त भएको भन्दै ता तालिमकर्ताहरूलाइ सिकेका सीपहरू समुदायमा उपयोग गर्न सुझाव दिए । उनले सामुदायिक मेलमिलाप कार्यक्रम अदालतसँग जोडिएको विषय भएकाले महत्वका साथ लिन आग्रह समेत गरे ।

स्थानीय तहमा न्यायीक समिति सञ्चालन र न्याय निरुपणका लागि तालिम प्राप्त मेलमिलापकर्ता उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी राज्यले कार्यक्रम ल्याएको उल्लेख गर्दै जिल्ला न्यायाधीस दाहालले कार्यक्रमले अदालतलाई प्रत्यक्ष सघाउ पुर्‍याउने धारणा राखे । उनले त्यसका लागि सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरुलाई अग्रह गरे ।

विशेष अतिथी स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काले स्थानीय स्तरमा हुने सानातिना झैझगडा र विवादहरुको त्यही समुदायमा मेलमिलापकर्ताहरुको सहजीकरणमा दीगो समाधान गरी समाजमा शान्ति, सौहार्द र भाइचारमा अभिवृद्धि गर्न मेलमिलाप कर्ताहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । कानुनी व्यक्तिको अभाव रहेको अवस्थाको महसुस गरेर नै राज्यले त्यसलाई व्यवस्थापन गर्न सामुदायिक मेलमिलाप कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै उनले राज्यको अभिभारा सबै सहभागीहरुलाई आग्रह गरेका थिए ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरूलाइ प्रमुख अतिथी जिल्ला न्यायाधीस दाहालले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा सहभागीका तर्पबाट टीका ढकालले मन्तव्य राख्दै तालिम प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार