आयोगद्वारा परीक्षामा सहभागी हुने अस्थायी शिक्षकहरुको अन्तिम नामावली प्रकाशन

काठमाडौं : शिक्षक सेवा आयोगले आगामी भाद्र ३ गते हुने लिखित परीक्षामा सहभागी हुन पाउने अस्थायी शिक्षकहरुको नामावली प्रकाशन गरेको छ ।

आयोगले गत चैत्र १९ गते प्रावि, निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलेको थियो । पहिले असार २४ गतेलाई निर्धारण गरिएको परीक्षाको मिति पछि भाद्र ३ गतेका लागि सारिएको थियो ।

शिक्षा ऐन, २०२८(आठौं संशोधन)को दफा ११ च. (१) को खण्ड ख को प्रतिस्पर्धात्मक वाक्यांशको उपखण्ड (१),(२) र (३) मा भएको व्यवस्था अनुसार सामुदायिक विद्यालयहरुमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन  खोलिएको आयोगले जनाएको थियो ।

आयोगले गत चैत्र २३ गते खुलाएको विज्ञापनमा पटक–पटक सहभागीहुन चाहिने योग्यता परिमार्जन गर्दै आएको थियो ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार