नयाँ बुलन्द
इलाम : जिल्ला समन्वय समिति इलामले नवनिर्वाचित इलामका जनप्रतिनीधिहरुलाई सम्मान सहित स्वागत गरेको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी जिससले इलामका ४ नगरपालिकाका प्रमुख र उपप्रमुख एवं ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान सहित स्वागत गरेको हो ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रतिनीधिहरुलाई स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काले माला र पुष्पगुच्छाले स्वागत र सम्मान गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुखका तर्फबाट देउमाई नगरपालिकाका प्रमुख सुर्यप्रसाद पोख्रेल, गाउँपालिकाका अध्यक्षका तर्फबाट रोङ गाउँपालिकाका अध्यक्ष समशेर राई र उपाध्यक्षका तर्फबाट माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बा (योङहाङ) ले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
उनीहरुले निर्वाचनका बेला आफूहरुले जनतामाझ राखेका प्रतिवद्धताहरु पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । आफूहरु निर्वाचित भइसकेपछि एउटा पार्टीको मात्र नभइ साझा व्यक्ति भएको भन्दै उनीहरुले सधैं जनताको काममा समय खर्चने प्रतिवद्धता जनाए ।
स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत जिल्ला प्राविधिक कार्यालयका प्रमसख जिल्ला इन्जिनियर ओमराज ढुङगाना र सञ्चालन विजय कार्कीले गरेका थिए ।