जिल्ला समन्वय समितिको सार्वजनिक सुनुवाई

नयाँ बुलन्द

इलाम : जिल्ला समन्वय समिति इलामको तेश्रो चौमासिक सार्वजनिक सुनुवाइ बिहीबार सम्पन्न भएका छ । कार्यालयको आर्थिक वर्ष २०७३।०७४ को चौथो सार्वजनिक सुनुवाइ भएको हो ।

जिल्ला समन्वय समिति इलामको आयोजनामा जिसस कार्यालय र विषयगत कार्यालयहरुबाट भएका विकास निर्माण कार्य, सुशासन प्रवद्र्धन तथा सेवाप्रवाहको अवस्थाका सम्बन्धमा सार्वजनिक सुनुवाइ आयोजना गरिएको थियो ।

जिससको सभाहलमा भएको कार्यक्रममा ३ घण्टाम्म चलेको थियो । स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले विभिन्न गुनासोहरु व्यक्त गरेका थिए ।

आएका गुनासाहरुको स्थानीय विकास अधिकारी खड्काले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सहजीकरण नागरिक समाज संस्था सुनगाभा विकास संस्थाका विमलकुमार दाहालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार