युद्धबहादुर बोहोरा
पाँचथर : फाल्गुनन्द गापाका एक व्याक्तिले बिहीबार आफ्नै श्रीमतीको हत्या गरेका छन्।
स्थायी ठेगाना फाल्गुनन्द-४,लिगिम्बा निवासी बर्ष ४४ को नेत्र चेम्जोङ्ग (बन्चरे) पाँचथर राँकेमा अस्थायी बसोबास गर्दै आएका छन् ।
अन्दाजी बर्ष ५२ कि आफ्नै श्रीमती यसोदा राई (कुलमुनी कान्छी)लाई पारिवारिक झगडाका निहुँमा ढुङ्गाले टाउको (कन्चट) मा प्रहार गरि फरार भएका थिए । उनको घटना स्थलमानै मृत्यु भएको हो। प्रहरी चौकी चिलिङ्देन,राँकेका प्रहरी सहाय निरीक्षक पेलेङ्ग सिं धिमालका अनुसार अभियुक्तले हत्या पछि आफ्नै गाउँको एक घरमा लुकेर बसेको अवस्थामा स्वयं धिमालले गिरफ्तार गरेको बताएका छन् ।
मृतकको शव र हत्यारालाई कानुनी कारबाहीको लागि पाँचथर सदरमुकाम फिदिममा पठाइएको छ। मृतकको माइतीघर इलाम फाकफोकथुम-७,एकतप्पा भएको र उनी हत्याराको कान्छी श्रीमती रहेको स्रोतले खुलाएको छ । निज तर्फ बालबच्चा नभएको बताइएको छ ।