२२ दिनदेखी हराइरहेकी फागोको कंकाल फेला

इलाम : २२ दिनदेखी हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बा ( साविक साङरुम्बा–१ गौरी गाँउ) की एक महिलाको कंकाल फेला परेको छ ।

चुनावी प्रचारका लागी घरबाट गत असार ७ गते हिडेकी ३९ बर्षिया देविमाया फागोको कंकाल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोल (साविककको साङरुम्बा–३) का धनबहादुर बोहराको अम्लिसो बारीमा रुखमा झुन्डिएको अवस्थामा उनको कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको खोजीका लागी बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए । बुधवार बेलुका घाँस काटन जानेहरुले कंकाल भेटेपछि इलाका प्रहरी कार्यालय मंगलबारेमा खवर गरेको प्रहरी निरिक्षक अम्बर बहादुर निरौलाले बताए । मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको थियो । कंकाल आकाशे रंगको सलले घाटीमा झुन्डीएको अवस्थामा फेला परेको हो ।

बोल्न नसक्ने मृतक फागोको हत्या भएको हो वा आत्महत्या यस बिषयमा छानविन भइरहेको प्रहरी निरिक्षक निरौलाले बताए । कंकाललाई डिएनए परिक्षणका लागी पठाउन जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार