सूर्तीजन्य न्युनीकरणमा होटल यसोसियसनकाे प्रतिवद्धता

सुजता सुनुवार

इलाम : सुर्तिजन्य पदार्थको वेचविखन न्युनिकरण गर्न होटल एसोसियसन इलामले प्रतिवद्धता जनाएको छ । शरीरका लागी हानिकारक मानिएको सुर्तिजन्य पदार्थको प्रयोग गर्ने मूख्य स्थान नै होटल भएकाले वेचविखनमा सर्तकता अपनाए सेवन गर्ने संख्या घट्ने विश्वास गरिएको छ ।

विहिबार सदरमुकाममा सम्पनन सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन कानुन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा एशोसिएसन अध्यष देवी पौडयालले वेचविखनमा सचेत रहने, सबै होटलहरुले भरसक सुर्तीजन्य पदार्थ बिक्रि गर्न रोक लगाउने तथा आफनो होटलमा स्मोकिङ जोनको निर्माण गर्ने लगायतका नियम लागु गर्न एशोसिएसन लागि पर्ने प्रतिबद्धता जनाए ।

पछिल्लो समय इलाममा पनि सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिको संख्या बढ्दै गएको छ । किशोर र युवा समुहका व्यक्तिहरु नै बढी यस्ता लतमा फस्ने गरेका छन् । यस्ता पदार्थको प्रयोग स्थल नै होटल भएकाले होटलबाटै यसको न्युनिकरणमा पहल चाल्न सके किशोर किशोरी युवायुवती यस्ता लतमा नफस्ने सहभागीहरुको भनाई थियो ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्ग अनुसार विश्वमा प्रत्येक दिन पाँच हजार व्यक्तिले धुम्रपान सुरु गर्ने गर्दछन् । धुम्रपानको सेवनबाट प्रति मिनेट १२ जनाको मृत्यु हुने गरेको छ । सुर्तिजन्य पदार्थको सेवनबाट नै प्रत्येक दिन १६ हजार तीन सय ४९ जनाको मृत्यु हुने गरेको छ । अरुले सेवन गरेका धुम्रपानको प्रत्यक्ष असर नजिकै बसीरहेका व्यक्तिमा हुन्छ ।

आफूले सेवन गरेको भन्दा अरुले सेवन गरेको पदार्थ बढी खतरनाक हुने सरोकारवालाहरुको भनाई छ । अरुले सेवन गरेको पदार्थको प्रत्यक्ष असरका कारण वर्षेनी ४५ हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्गले देखाएको छ ।

यसलाई न्युनिकरण गर्न नसकेमा अबको २५ वर्षपछि मृत्युको मूख्य कारण नै सुर्तिजन्य पदार्थको सेवन हुने अध्ययनले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यलय इलाम र स्वास्थ्य अधिकार तथा सुर्तिजन्य वस्तु नियन्त्रणका लागी जिल्ला सञ्जाल इलामको आयोजनामा भएको कार्यक्रममा सञ्जालका उपाध्यक्ष सुदिप श्रेष्ठले धुम्रपान तथा सुर्ति सेवनका कारण हुने हानीका बारेमा जानकारी दिएका दिए ।

यस्तै  जिल्ला जनस्वास्थ्य कार्यलय इलामका प्रमुख जीवन कुमार मल्लले नसर्ने रोग र यस्को वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थी, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, इलाम नगरपालिकाका कार्यालयका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार