इलाम बन्याे पूर्ण साक्षर जिल्ला

जीवन लिम्बू

इलाम ः इलामलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको साक्षरता प्रतिशत ९७.६  भएकाले र साक्षर घोषणा गर्नका लागि पुरा गर्नुपर्ने १२ सुचक पुरा गरेपछि साक्षर घोषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टंक गौतमले ९५ प्रतिशत भन्दा बढी साक्षरता भए पछि जिल्लालाई साक्षर गर्न सकिने बताए ।

जिल्लामा आर्थिक वर्ष २०६७।०६८ मा ९३ प्रतिशत रहेको र जिल्लाभर ४० हजार ५ सय २३ निरक्षर रहेकोमा कार्यालयले बिभिन्न साक्षरता सम्बन्धी कार्यक्रम ल्याएर त्यसलाई आव ०७०।७१ म ९४ दशमलव ९ प्रतिशत साक्षरता पुर्याएको र आव ०७१।७२ मा ९७ दशमलब ९ प्रतिशत साक्षरता थपेर साक्षर जिल्ला घोषणा गरेको जिल्ला शिक्षा अधिकारी गौतमले बताए

अनौपचारिक शिक्षा केन्द्रका अध्यक्ष चुडामणी पौडेलल साक्षर जिल्ला घोषणा हुने मापदण्ड पुगेकाले औपचारिक रुपमा जिल्ला साक्षरता घोषणा गरेको बताए ।

कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी पौडेलले इलाम सबै क्षेत्रमा अगाडि रहदाँ रहदै पनि साक्षरता घोषणाले अझै एक स्टेप अगाडि आएको उल्लेख गरे ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेष बस्नेत, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङगो, राजनीतिक दलका प्रतिनिधिहरुका तर्फबाट नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्य, एमाले अध्यक्ष रामबहादुर राना, माओबादी केन्द्रका इञ्चार्ज धिरेन शर्मा (रमण), मंगोल नेशनल अर्गानाइजेसनका अध्यक्ष मणी पापो लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रिपल राईले शुभकामना मन्तब्य राखेका थिए ।

जिल्ला शिक्षक महासंघका अध्यक्ष पुर्ण गौतम, सामुदायिक सिकाइ केन्द्रका तर्फबाट नमूना सिकाइ केन्द्रका अर्जुन पोख्रेल, विद्यार्थीका तर्फबाट माउण्ट मेचीकी सुस्मिता लिम्बू, संस्थापक विद्यालयका तर्फबाट दीपनारायण आङदाम्बेलगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार