जिल्ला बाल सञ्जालको अध्यक्षमा संजोक घिमिरे

नयाँ बुलन्द

इलाम : जिल्ला बाल सजाल इलामको अध्यावधिक गरिएको छ ।

जिल्ला समन्वय समिति इलाममा भएको जिल्ला बाल सञ्जाल, नगर बाल सञ्जाल र गाउँ बाल सञ्जालको प्रतिनीधिहरुको भेलाले संजोक घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला बाल सञ्जाल गठन गरेको छ ।

नयाँ कार्यसमितिका उपाध्यक्ष्मा यसोदा पोर्तेल, सचिवमा रामकृष्ण परियार, सहसचिवमा सुजता राई र कोषाध्यक्षमा ओमन फागो चयन भएका छन् ।

सदस्यहरुमा विशाल राई, पुष्पा पाड्याल, सन्तोष गिरी, विशाल राई, सदिक्षा राई, संविधान भट्टाई, राजेन्द्र बघा, पूजा भट्टराई, दिव्या गुरुङ, सुजता तामाङ, राोमिका लिम्बू, किष्मत कार्की रहेका छन् ।

जिल्ला बाल सञ्जालका निवर्तमान अध्यक्ष प्रवेश रिजालको अध्यक्षता र स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास अधिकृत रामकुमार लिम्बू (योङहाङ), कार्यक्रम अधिकृत दिनेश पौड्याल, महिला कल्याण समाजका सामाजिक परिचालन कार्यक्रम संयोजक नीता कार्की, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग) का यसोदा सुब्बा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार