इलामको पहिचान बोकेको निसानको पुनः स्थापना

जीवन लिम्बू

इलाम : इलामको इतिहास बोकेको सेनाको २ सय जर्ष पुरानो निसानी इलामको माइस्थान मन्दिरमा शुक्रवार पुनर्स्थापना भएको छ ।

बैदिक विधी अनुसार निसानलाई माइस्थानमा मन्दिरमा पुर्नस्थापित गरिएको हो । सुगौली सन्धीपछि नेपाल पक्षले जितेको भु–भाग छाडदै आउने क्रममा वि.स १८७५ मा इलाममा बसेको श्री नाथ गुल्मको पल्टनको निसान वि.स २०५९ साल बैशाख २६ गते सुरक्षाको कारणले तत्कालिन भवानी दल गणको सरुवा हुँदा काठमाण्डौ लगेको थियो ।

निसानी इलाममै पुर्नस्थापनाको माग गर्दै इलामे जनताहरुले सेनालाई आग्रह गरेपछि निसान पुनः माइस्थानमा नै स्थापना गरिएको हो ।

सगौली सन्धी अघि टिस्टासम्मको एकिकरण गरेको भु– भाग हेर्नका लागी भारतको मिरीकको नागरीमा श्रीनाथ गणले झन्डै ४० बर्ष गढी स्थापना गरेको इतिहासविद युद्धप्रसाद बैद्यले बताए ।

सन् १८१६ मा सुगौली सन्धीको धारा ३ बमोजिम नेपालको सिमाना मेची नदिसम्म कायम भएपछि हाल भारतको मिरिकमा पर्ने नागरी गढी छाडेपछि श्रीनाथ गणले वि.स १८७२ मा इलामको करफोकको पुर्णे डाँडामा केही समय बसेपछि उपयुक्त स्थान खोज्दै वि.स १८७५ मा इलाम सदरमुकाममा गढी स्थापना गरी बसेको बताइन्छ ।  आगामी २०७५ सालमा इलाममा निसान स्थापनाको २ सय बर्ष पुग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार